Tuesday, September 27, 2011

 

“फेरि दसैं आयो”


 .
Happy Dashain to all.
 
“फेरि दसैं आयो”

सारा खुशि उमङ्ग एकैसाथ ल्यायो
समयको यस क्षणलाई स्वर्णिम तुल्यायो
साना ठूला सबैको ओठमा मुस्कान छायो
लामो समयको अन्तरालपछि फेरि दसैं आयो

के राजा? के रइती? सबै खुशि भए
दु:, कष्ट, पिर, व्यथा- सबै भागि गए
कर्मचारिले पनि आफ्नो पेश्की पायो
लामो समयको अन्तरालपछि फेरि दसैं आयो

के लाउने? के खाने? चिन्ता सब हरायो
दु: कष्ट बिर्साउने रमाइलो चाड आयो
बाटामा रङ्गिचङ्गी लुगा लाउनेको जमात छायो
लामो समयको अन्तरालपछि फेरि दसैं आयो

मनमा पलाएका स्वप्न सारा साकार हुने भए
कालरात्रीका क्षण, सारा अन्धकार हटीगए
बिहानिको मिर्मिरेसङ्गै उषाको नयाँ प्रभात उदायो
लामो समयको अन्तरालपछि फेरि दसैं आयो

नौलो देख्दछु आज किन हो दिन यो?
क्षितिजसम्म दसैंको रङ्ग जमेको देखियो
कविको कविता बन्ने आज ममा रहर छायो
लामो समयको अन्तरालपछि फेरि दसैं आयो

Labels:


Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]





<< Home

This page is powered by Blogger. Isn't yours?

Subscribe to Posts [Atom]