Tuesday, July 26, 2011

 

Poem: अलिकति प्रयास गर (Dedicated to the people of Norway)

I dedicate this to those that lost their loved ones in Norway, and who, in times of such crisis, need support. Don't give up. Keep Faith. And, keep walking. The journey is not complete, yet.

"अलिकति प्रयास गर"

विवशतामा परि मर्नैपर्छ भन्ने
कहाँ लेख्या छ र!
विवश भई मरेका तिमीले
कति देख्या छ र!
म पनि विवश छु
तर म हाँसिराख्या छु
हेर, म अझै बाँचिराख्या छु।

संसार यस्तै छ-
यहाँ सँधैजसो
कोही जित्छन्, कोही हार्छन्
कोही मर्छन्, कोही मार्छन्
दु:खका महासागर भेटिन्छन् यहाँ
कहीं कतै
एक मुठ्ठी सुख भेटेमा
अलिकति हाँस्ने प्रयास गर,
मृत्‍युका अनेकन् आहट सुनिन्छन् यहाँ
कहीं कतै
एक टुक्रा जीवन भेटेमा
अलिकति बाँच्ने प्रयास गर।

जिन्दगी दौडने क्षमता तिमीमा
हराए जस्तो छ
तिम्रो जिन्दगीले कतै बाटो
बिराए जस्तो छ,
जिन्दगी महासागरै होला!
त के भो?
एक मुठ्ठी प्राण कसेर
अलिकति पौडने प्रयास गर,
जिन्दगी म्याराथुनै होला!
त के भो?
एक जोडी घुँडा धसेर
अलिकति दौडने प्रयास गर।

Labels: ,


Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]





<< Home

This page is powered by Blogger. Isn't yours?

Subscribe to Posts [Atom]